FAQs Complain Problems

ताजा समाचार

News and Notices

यस नगरपालिकाको मिति २०७८ असार  १७ गते राजधानी दैनिक पत्रिकामा प्रकाशित सूचना बमोजिम वीरेन्द्रनगर नगरपालिकाको देहायका वडाहरुको फोहरमैला ब्यवस्थापन सम्बन्धी सूचनामा देहाय बमोजिमको विषय अनिवार्य भएकोले सोही बमोजिम गर्न हुन सूचित गरिन्छ ।

प्रस्ताव कागजात वेवसाईटबाट डाउनलोड गरी अध्ययन गर्न तथा भर्न सकिने छ । तर नगरकार्यपालिकाको कार्यालय वा कुनै वडा कार्यालय वा राष्ट्रिय बाणिज्य बैंकमा प्रस्ताव खरिदको रकम रु.१०००।०० (एक हजार मात्र) भुक्तानी गरे पश्चात  प्रस्ताव दर्ता गर्ने भए प्रस्ताव दर्ता गर्ने अन्तिम मिति भन्दा कम्तिमा २४ घण्टा अगावै नगरपालिकाको खरिद ईकाइ, वा वडा नं ६  वा वडा नं ७ को कार्यालयमा बोलपत्र विक्रि रजिष्टरमा दर्ता गराउनु पर्नेछ । अन्यथा सो प्रस्ताव दर्ता नहुने समेत सूचित गरिन्छ ।  अन्य ब्यवस्था प्रकाशित सूचना तथा कार्सूचीमा  उल्लेख भए बमोजिम नै हुने छ । थप जानकारी भए कार्यालयको खरिद ईकाईमा सम्पर्क गर्न सकिने छ ।

Pages