FAQs Complain Problems

वडा नं. १

वीरेन्द्रनगर नगरपालिकाका वडा नं.१६ वटा वडाहरु मध्ये वीरेन्द्रनगर वडा नं.१ को आफनै छुट्टै विशेषता बोकेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार क्षेत्रदेखि पश्चिमतर्फ करिव ४ किलोमिटरको दुरीमा अवस्थीत छ । विभिन्न वर्गका जातजाति धर्म भेष भुषा कला संस्कृतीमा आधारित समुदायका मानिसहरुको बसोवास रहेको यस क्षेत्रमा अहिले बढ्दो शहरीकरणको चाप संगै दैलेख, कालिकोट, जुम्ला, हुम्ला, अछाम क्षेत्रबाट बसाइसराई गरि आउनेहरुको संख्यामा उल्लेखनिय बुद्धि भईहेको छ । वडामा २१२४ घरधुरीको कुल जनसंख्या १०,२०८। मध्ये करिब ६०% दलित ४०% अन्य बाहुन क्षेत्री गुरु· मगर र दलितको बाहुल्यता रहेको छ । पुर्वमा रेडियो नेपाल खोला, पश्चिममा बराहताल गाउपालिका, उत्तरमा वीरेन्द्रनगर वडा नं.१४ र दक्षिणमा रत्न राजमार्ग रहेको छ । यस वडामा ४ वटा सामुदायिक विद्यालय, १ वटा प्रहरी चौकी, रेडियो नेपाल, शहरी स्वास्थय केन्द्र, विभिन्न सहकारी संघसस्थाहरु रहेका छन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका उपत्यका क्षेत्रको फोहोर विर्सजन अन्तिम स्थल ल्याण्डफिल साइड करिव ५ हेक्टरको क्षेत्रफलमा यसै वडामा अवस्थीत रहेको छ । 
 

Nepali
Population: 
१०,२०८
Ward Contact Number: 
०८३-४१२०३५
Weight: 
0

वडा पदाधिकारी

दिनेश खत्री
वडा अध्यक्ष
Email: