FAQs Complain Problems

वडा नं. १३

वीरेन्द्रनगर नगरपालिका वडा नं १३ कर्णाली प्रदेशको राजधानी ,वीरेन्द्नगर नगरपालिका सुर्खेतको केन्द विन्दुदेखि करीव ४.५ कि.मी पुर्व सामुदिक्र सतहदेखि ६६५ मीटरको उचाईमा अवस्थित यस वडा विश्वमान चित्रमा २८ं ३४” उत्तरदेखि २८ं ४०”उत्तर आक्षांस र ८१ं ३८”पुर्व देशान्तरदेखि ८१ं ४१” पुर्व देशान्तरमा फैलिएको वडा स्वच्छ वातावरणको हिसावले बस्न योग्य मुमि पनि हो ।यस वडाको उत्तरमा महाभारत पर्वत श्रेणीको रानीमत्ता, रातनाङना,नलखोला,कपासे वसेनी,गगरे छन भने दक्षिणको चुरे क्षेत्रमा पाचघरे दालडाडा,नयागाउ, जमुनडाडा, जस्ता गाउ अवस्थित छन् । त्यसै गरी यस वडाको तल्लो भु-भाग आफर,करैखोला कुनाखेत,इन्द्रपुर, गुप्तीपुर जस्ता समथल भु भाग भएतापनि जमिनको अमिल्दो भु बनावटले गर्दा विकासले गति लिन सकेको छैन ।  क्षेत्रफलको हिसावले यस वडाको क्षेत्रफल २५.९० वर्ग कि मी छ भने वीरेन्द्रनगर नगरपालिका नगरकार्यापालिका २०७८ को जनगणना  तथ्याङ्क अनुसार जनसंस्याको हिसावले  यस वडामा धरधुरी संख्या १३७२, महिला संख्या ३०८७ र पुरुष २८९५ गरी जम्मा जनसंख्या ५९८२ रहेको छ ।  यस वडाको चौतर्फी विकासकालागि पञ्चवर्षिय गुरु योजना तयार गरी  सोहि गुरुयोजनाले तयार गरेको मापडण्डका आधारमा विकास निर्धारण गर्न सके मात्र यस वडाको चौतर्फी विकास हुन अपेक्ष्य लिइएको छ । 

 

 

वडा सचिवः 

तस्विर वि.क 

मो नं. 9848039594

Nepali
Population: 
५९८२
Ward Contact Number: 
083-590413, 083-590414
Weight: 
0

वडा पदाधिकारी

दिपेन्द्रराज कोइराला
वडा अध्यक्ष
Email: