FAQs Complain Problems

वीरेन्द्रनगर बाट देखिएको सुर्यास्त दृश्य


Read More

बुलबुले ताल


Read More

काँक्रेबिहार


Read More

काक्रेबिहारमा अवस्थित बुद्ध मुर्ति


Read More

वीरेन्द्रनगर नगरपालिकाको वेभसाइटमा स्वागत छ ।

कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको यस वीरेन्द्रनगर नगरपालिकाको स्थापना वि.सं. २०३३ सालमा सुर्खेत उपत्यका भित्र पर्ने कट्कुवा, गोठीकाँडा र जर्बुटा गाउँ पञ्चायत भित्र पर्ने केही भागलाई मिलाएर वीरेन्द्रनगर नगरपञ्चायतका रुपमा भएकोमा नेपाल सरकारको मिति २०७१।०१।२५ गतेको निर्णय बमोजिम साविकका छिमेकी उत्तरगंगा र लाटिकोइली गाविस तथा मिति २०७१।०८।१६ गतेको निर्णय अनुसार जर्वुटा गा.वि.स गाभ्नुका साथै मिति २०७२।०३।१५ गतेको निर्णय बमोजिम एक वटा वडा थप गरि जम्मा वडा संख्या २५ कायम भएकोमा नेपाल सरकारको मिति २०७३÷११÷२७ को निर्णयअनुसार विस्तारित नगरमा साविकका गढी, रतु र गर्पन गा.वि.स. समावेश गर्दै २४५.८५ वर्ग कि.मी., १६ वडा भएको स्थानीय तहका रूपमा वीरेन्द्रनगर नगरपालिका रहेको छ । नेपालको राजधानी काठमाण्डौं देखि लगभग ६०० कि.मी. उत्तर पश्चिममा समुन्द्री सतहबाट लगभग ६६५ मी. मा अवस्थित यो नगरपालिकाको उत्तरमा महाभारत पर्वतको रानीमत्ता, रातानाग्ला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका मनोरम पहाडद्वारा घेरिएको कचौरा आकारमा दक्षिण तर्फ ढल्किएको सानो, न धेरै जाडो हुने न धेरै गर्मी हुने सुन्दर उपत्यका हो ।यस नगरपालिका पूर्वमा लेखवेसी र भेरिगंगा नगरपालिका, पश्चिममा बहराताल गाउँपालिका, उत्तरमा चिङ्गाड गाउँपालिका, दैलेख जिल्लाको गुरास गाउँपालिका र दक्षिणमा भेरी नदी रहेका छन् । 

 वीरेन्द्रनगर नगरपालिकमा बसोबासको प्रारम्भ वि.सं. २०२३ सालबाट भएको पाइन्छ । यस भन्दा अगाडि नगरपालिकाको मैदानी भाग (उपत्यका क्षेत्रमा) औलो लाग्ने हुदा जिल्ला सदरमुकाम गढी गा.वि.स. मा रहेको र उपत्यकामा फाटफुट रुपमा थारु र राजी समुदायको बसोबास रहेको थियो । औलो उन्मुलन भए पश्चात् उपत्यकामा बसोबास गर्न थालियो र सबै सरकारी कार्यालयहरुलाई स्थानान्तरण गरी सदरमुकाम तोकियो ।

वीरेन्द्रनगर नगरपालिकामा औलो उन्मुलन पश्चात् सुर्खेत जिल्लाका विकट पहाडी क्षेत्र लगायत दैलेख जिल्ला र कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट बसाई सरी स्थायी बसोबास गर्दै आएका व्यक्तिहरुको बाहुल्यता पाइन्छ । ब्राह्मण, क्षेत्री, मगर, थारु, कामी, सार्की, दमाई, दशनामी सन्यासी आदि यहाका प्रमुख जातिहरु हुन् । विभिन्न स्थानबाट बसाई सरी आएकाले यहाको चालचलन रीतिथिति /  संस्कृतिमा समेत विविधता पाईन्छ ।

वीरेन्द्रनगर नगरपालिकामा वि.सं. २०२२ मा विमानस्थल स्थापना भई नियमित उडान र वि.सं. २०३८ मा रत्नराजमार्ग सडक निर्माण कार्य सम्पन्न भई नियमित रुपमा सडक यातायात सेवा शुरु भए पश्चात् वीरेन्द्रनगर कर्णाली अञ्चलका जिल्लाहरुको प्रवेशद्वारका रुपमा स्थापित भएको छ । कर्णाली अञ्चलमा उपभोग हुने सम्पूर्ण सामग्री वीरेन्द्रनगरबाट जाने हुंदा यो पश्चिम नेपाल कै प्रमुख व्यापारिक एवं शैक्षिक पर्यटकिय केन्द्र समेत बन्न पुगेको छ । यसको पूर्वबाट भेरी नदी र पश्चिमबाट कर्णाली नदी बगेकोले याप्टिङ गरी आनन्द लिन आउने पर्यटकहरुका लागि समेत यो आकर्षक स्थलको रुपमा परिणत हुन पुगेको छ ।

पहिले चौहानचौर र २०२९ सालपछि वीरेन्द्रनगरको नामले परिचित यो नगरपालिका नेपालका राम्रा गुरुयोजना भएका नगरपालिका मध्येको एक हो । देशको सन्तुलित विकासको निम्ति चार विकास क्ष]त्रमा विभाजन गर्दा वीरेन्द्रनगर सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम घोषणा गरिएको थियो भने हाल मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकामको रुपमा समेत रहेको छ । साविकको वीरेन्द्रनगरलाई नेपालकै व्यवस्थित गुरुयोजना भएको शहरका रुपमा चिनिए तापनि पछिल्लो समयमा बढ्दो शहरीकरण तथा बसाई सरी आउनेको चाप साविकको लाटीकोइली, उत्तरगंगा गा.वि.स.मा पर्दै गएकोमा त्यसलाई व्यवस्थित गर्न नसक्दा आज वीरेन्द्रनगरलाई व्यवस्थित शहरको रुपमा विकास गर्न चुनौतीको विषय बनेको छ । तर वीरेन्द्रनगर आज कर्णाली प्रदेशको गेटवय बन्दै गर्दा तथा राज्यको पुनर्संरचनासगै वीरेन्द्रनगरले कर्णाली प्रदेशकै शैक्षिक, प्रशासनिक, व्यापारिक केन्द्रका रुपमा रहदै पर्यटकीय उजागर गर्ने थलोको रुपमा विकास हुने प्रशस्त सम्भावना बोकेको छ ।

समाचार

जनप्रतिनिधिहरु

मोहनमाया ढकाल (भण्डारी)
नगर प्रमुख
Phone: 9858055870
Email:
mohanmaya22@gmail.com
निलकण्ठ खनाल
उप– प्रमुख
Phone: 9848029105
Email:
nilkanthakhanal99@gmail.com

कर्मचारीहरू

कृष्ण प्रसाद जैसी
प्रमुख प्रशासकीय अधिकृत
Phone:
9858063111
Email:
उत्तम प्रसाद आचार्य
शा.अ / सुचना अधिकारी
Phone:
9858053377
Email:
uttamskt@gmail.com

Services

सेवा प्रकारः- संघ सस्था
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. दर्ता सिफारिस रु ६००/- २. नविकरण रु. २५०/- ३. वडा सर्जमिन मुचुल्का गर्नुपर्ने भए सो को छुट्टै शुल्क लाग्ने छ ।
आवश्यक कागजातहरुः-
  1. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  2. संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने
  3. संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गा धनी प्रमाणपुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  4. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. किसिम, प्रकृती र पुँजि अनुसार फरक/फरक २.वडा सर्जमिन मुचुल्का गर्नुपर्ने भए सो को छुट्टै शुल्क लाग्ने छ ।
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. नागरिकता प्रमाणापत्रको प्रमाणित प्रतिलिपि
  3. स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  4. बहाल सम्झौताको प्रतिलिपि
  5. आफ्नै घर भए टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. किसिम, प्रकृती र पुँजि अनुसार फरक/फरक २.वडा सर्जमिन मुचुल्का गर्नुपर्ने भए सो को छुट्टै शुल्क लाग्ने छ ।
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  3. विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
  4. २ प्रति फोटो
  5. घर बहाल सम्झौता
  6. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
  7. स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता ग व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

 

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. नियमानुसार । २. वडा सर्जमिन मुचुल्का गर्नुपर्ने भए सो को छुट्टै शुल्क लाग्ने छ।
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  3. चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  4. साविक लगत प्रमाणित प्रतिलिपि
  5. फिल्डबुक उतार
  6. स्थलगत निरीक्षण प्रतिवेदन
  7. जग्गाको नापी नक्सा
  8. जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
  9. स्थानीय सर्जमिन मुचुल्का
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क र ३५ दिन पछी आएमा रु ५०/-
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  2. बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बाट जारी बसाई सराईको कागजात
  3. जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने।
  4. बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
  5. जाने - आउने सबै व्यक्तिको नागरिकता / जन्म दर्ताको प्रतिलिपि
  6. चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क र ३५ दिन पछी आएमा रु ५०/-
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  3. मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
  4. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  5. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
  6. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क र ३५ दिन पछी आएमा रु ५०/-
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  3. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
  4. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क र ३५ दिन पछी आएमा रु ५०/-
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. बालकको बाबु/आमाको नागरिकता
  3. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  4.  अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

जानकारी