FAQs Complain Problems

वडा नं. ९

रत्न राजमार्गको मंगलगढि देखि दक्षिण शक्तेकाँडा, भेरी नदी उत्तर तर्फ वीरेन्द्रनगर-६, पुर्व तर्फ वडा नं १० र पश्चिम तर्फ वडा नं ३ को सिमानामा रहेको वीरेन्द्रनगर नगरपालिका वडा नं ९ वीरेन्द्रनगरको उपत्यकाको बिचौबिच भागमा अवस्थित  छ । यस वडामा विभिन्न जातजाती ब्राह्यमण, क्षेत्री, नेवार, गुरुङ, मगर, थारु, भोटे र दलित  बसोवास गर्दे आएका छन । यस क्षेत्रकै प्रमुख पर्यटकिय स्थल काँक्रेविहार प्राचिन शिव मन्दिर, बौद्ध गुम्बा, अधेरी गुफा, पातलगंगा, गणेश मन्दिर, सत्यनारायण मन्दिर  जस्ता धार्मिक तथा पर्यटकिय स्थल रहेका छन । परम्परागतरुपमा यहाँका नेवार तथा अन्य  समुदायले  लाखेजात्रा, रोपाईँ जात्रा, जरमाष्ठमी जस्ता पर्व पुर्खौ देखि  हाल सम्म मनाउदै आइरहेका छन् । यस क्षेत्रमा थारु समुदायको समेत उल्लेखनीय वसोवास भएको हुँदा थारु समुदायको कला सँस्कृति, पर्व समेत मनाउने गरेको पाइन्छ । कृषिको प्रचुर सम्भावना रहेको यस वडामा कृषिमा नै अधिकांश आत्मनिर्भर रहेको पाइन्छ । नगर उपत्यकाको पानीको निकास यसै वडाको निकास खोला भएर भेरी नदिमा मिसिने गरेको छ ।

Nepali
Population: 
१२४८४
Ward Contact Number: 
०८३-५२१३७९
वडा कार्यालय
Weight: 
0

वडा पदाधिकारी

ऋषि गिरी
वडा अध्यक्ष
Email: