FAQs Complain Problems

वडा नं. ६

              कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको प्रवेशद्धारको रुपमा परिचित सुन्दरी नगरी वीरेन्द्रनगरको मध्य भागमा अवस्थित मुख्य बजार क्षेत्रको रुपमा विकसित रहेको वडा नं. ६ क्षेत्रफलको हिसाबले सबैभन्दा सानो वडाको रुपमा रहेको छ । करिब ०.५९ बर्ग कि.मि क्षेत्रफलमा फैलिएको यस वडामा १७६७ घरधुरी रहेका छन । 
पुर्व घण्टाघरको ठाडो बाटो, पश्चिम खोर्के खोला, उत्तर गणेशचौक र दक्षिण सुर्खेत जुम्ला सडक खण्ड यस वडाका सिमा स्तम्भ हुन । ब्यापारिक सिललिामा होस या त दुर्गम क्षेत्र बाट सुगम क्षेत्रको खोजीमा होस बिभिन्न जिल्ला बाट बसाई सरी आएका ब्यक्तिहरुको स्थायी बसोबास रहेको छ । 
यस वडामा पर्ने मुख्य वसोवासका क्षेत्रहरु मंगलगढीटोल, दशरथपथटोल, शहिदमार्गटोल, वातावरणटोल, घण्टाघरटोल, रामजानकीटोल, श्रीगणेशशान्ति समाजटोल, भगवतीटोल, हुलाकटोल, पूल्चौकटोल, वीरेन्द्रनगरटोल, सदभावटोल, प्रगतिटोल, शान्तिटोल, र प्रगतिनगरटोल विकास संस्था गरी १५ वटा टोलविकास संस्थाहरु रहेका छन । 
 

Nepali
Population: 
७४४५
Ward Contact Number: 
०८३- ५२१०७५
Weight: 
0

वडा पदाधिकारी

जनक बहादुर रावल
वडा अध्यक्ष
Email: