ताजा समाचार
वडा नं. ३
कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको यस वीरेन्द्रनगर नगरपालीका को स्थापना बि.स २०३३ सालमा सुर्खेतउपत्यका भित्र पर्ने कटकुवा,गोठिकाडा,र जर्बुटा गाउँपञ्चायत लाई मिलाएर वीरेन्द्रनगर नगरपञ्चायतका रुपमा भएकोमा नेपालसरकारको मिती २०७१/०१/२५ गतेको निणय बमोजिम साबिकका छिमेकी उत्तरगंगा, लाटिकोईली गाबिस तथा मिती २०७१/०८/१६ गतेको निणय अनुसार जर्बुटा गाबिस थप्नुको साथै मिती २०७२/०३/१५को निणय बमोजिम,वडा थप गरि जम्मा वडा सँख्या २५ भएको थियो । उक्तमध्यको वडा नं १८, नेपाल सरकारको मिती २०७३/११/२७ को निणय बमोजिमको १६ वडा मध्यको वडा नं ३ तथा साबिक उत्तरगंगा गाबिस वडा नं ८र ९ हालको वीरेन्द्रनगर नगरपालीका वडा नं ३ रहेको छ ।वीरेन्द्रनगर नगरपालिका को कुल क्षेत्रफल २४५.८५ बर्ग कि.मि रहेकोमा यस वडा नं ३ को कुल क्षेत्रफल ६.६० बर्ग कि.मि रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार, घरधुरी सँख्या ४८११, जम्मा जनसँख्या 19619(महिला 9754 र पुरुष 9865) तथा औषत साक्षरता दर ८०.१९ रहेको छ ।