नेपालको राजधानी काठमाडौ बाट करीब ६०० कि.मि दुरीमा रहेको सुर्खेत जिल्ला एक बिशेष महत्व बोकेको जिल्ला हो । जो कर्णाली प्रदेशको राजधानीको रुपमा परिचित रहेको छ । बीरेन्द्रनगर नगरपालिका को १६ वटा वडा हरु मध्ये एक बिशेष महत्व बोकेको वडा को रुपमा सुपरिचित वडा वडा नं १६ हो । पूर्बमा चिङ्गाड गाउंपालिका पश्चिममा वी.न.पा.१५ नं. वडा, उत्तरमा रातानाङ्गला–धरमपोखरा सडक र दक्षिणमा लेकवेसी नगरपालिकाले घेरिएको वडा नं १६ एक चर्चित वडा हो । जहां राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडामा ४३३ घरधुरी रहेका छन् भने जम्मा जनसंख्या १८४२ रहेको छ जसमा ९८६ महिला र ८५६ पुरुषको संख्या रहेको छ ।
Nepali
Population:
१८४२
Ward Contact Number:
9848162940
Weight:
0