वीरेन्द्रनगर नगरपालिकाको वेभसाइटमा स्वागत छ ।

           

कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको यस वीरेन्द्रनगर नगरपालिकाको स्थापना वि.सं. २०३३ सालमा सुर्खेत उपत्यका भित्र पर्ने कटकुवा, गोठीकाडा र जर्बुटा गाउ पञ्चायत भित्र पर्ने केही भागलाई मिलाएर वीरेन्द्रनगर नगरपञ्चायतका रुपमा भएकोमा नेपाल सरकारको मिति २०७१।०१।२५ गतेको निर्णय बमोजिम साविकका छिमेकी उत्तरगंगा र लाटिकोइली गाविस तथा मिति २०७१।०८।१६ गतेको निर्णय अनुसार जर्वुटा गा.वि.स गाभ्नुका साथै मिति २०७२।०३।१५ गतेको निर्णय बमोजिम एक वटा वडा थप गरि जम्मा वडा संख्या २५ कायम भएकोमा नेपाल सरकारको मिति २०७३÷११÷२७ को निर्णयअनुसार विस्तारित नगरमा साविकका गढी, रतु र गर्पन गा.वि.स. समावेश गर्दै २४५.८५ वर्ग कि.मी., १६ वडा भएको स्थानीय तहका रूपमा वीरेन्द्रनगर नगरपालिका रहेको छ । नेपालको राजधानी काठमाण्डौं देखि लगभग ६०० कि.मी. उत्तर पश्चिममा समुन्द्री सतहबाट लगभग ६६५ मी. मा अवस्थित यो नगरपालिकाको उत्तरमा महाभारत पर्वतको रानीमत्ता, रातानाब्ला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका मनोरम पहाडद्वारा घेरिएको कचौरा आकारमा दक्षिण तर्फ ढल्किएको सानो, न धेरै जाडो हुने न धेरै गर्मी हुने सुन्दर उपत्यका हो । यस नगरपालिका पूर्वमा पाम्का र साटाखानी गा.वि.स., पश्चिममा हरिहरपुर गा.वि.स., कुनाथरी गा.वि.स र लेखगाउ“ गा.वि.स., उत्तरमा दैलेख जिल्लाको गोगनपानी गा.वि.स., दक्षिणमा भेरी नदी रहेका छन् ।

 वीरेन्द्रनगर नगरपालिकमा बसोबासको प्रारम्भ वि.सं. २०२३ सालबाट भएको पाइन्छ । यस भन्दा अगाडि नगरपालिकाको मैदानी भाग (उपत्यका क्ष]त्रमा) औलो लाग्ने हुदा जिल्ला सदरमुकाम गढी गा.वि.स. मा रहेको र उपत्यकामा फाटफुट रुपमा थारु र राजी समुदायको बसोबास रहेको थियो । औलो उन्मुलन भए पश्चात् उपत्यकामा बसोबास गर्न थालियो र सबै सरकारी कार्यालयहरुलाई स्थानान्तरण गरी सदरमुकाम तोकियो ।

वीरेन्द्रनगर नगरपालिकामा औलो उन्मुलन पश्चात् सुर्खेत जिल्लाका विकट पहाडी क्षेत्र लगायत दैलेख जिल्ला र कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट बसाई सरी स्थायी बसोबास गर्दै आएका व्यक्तिहरुको बाहुल्यता पाइन्छ । ब्राह्मण, क्षेत्री, मगर, थारु, कामी, सार्की, दमाई, दशनामी सन्यासी आदि यहाका प्रमुख जातिहरु हुन् । विभिन्न स्थानबाट बसाई सरी आएकाले यहाको चालचलन रीतिथिति /  संस्कृतिमा समेत विविधता पाईन्छ ।

वीरेन्द्रनगर नगरपालिकामा वि.सं. २०२२ मा विमानस्थल स्थापना भई नियमित उडान र वि.सं. २०३८ मा रत्नराजमार्ग सडक निर्माण कार्य सम्पन्न भई नियमित रुपमा सडक यातायात सेवा शुरु भए पश्चात् वीरेन्द्रनगर कर्णाली अञ्चलका जिल्लाहरुको प्रवेशद्वारका रुपमा स्थापित भएको छ । कर्णाली अञ्चलमा उपभोग हुने सम्पूर्ण सामग्री वीरेन्द्रनगरबाट जाने हुंदा यो पश्चिम नेपाल कै प्रमुख व्यापारिक एवं शैक्षिक पर्यटकिय केन्द्र समेत बन्न पुगेको छ । यसको पूर्वबाट भेरी नदी र पश्चिमबाट कर्णाली नदी बगेकोले ¥याफ्टीब् गरी आनन्द लिन आउने पर्यटकहरुका लागि समेत यो आकर्षक स्थलको रुपमा परिणत हुन पुगेको छ ।

पहिले चौहानचौर र २०२९ सालपछि वीरेन्द्रनगरको नामले परिचित यो नगरपालिका नेपालका राम्रा गुरुयोजना भएका नगरपालिका मध्येको एक हो । देशको सन्तुलित विकासको निम्ति चार विकास क्ष]त्रमा विभाजन गर्दा वीरेन्द्रनगर सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम घोषणा गरिएको थियो भने हाल मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकामको रुपमा समेत रहेको छ । साविकको वीरेन्द्रनगरलाई नेपालकै व्यवस्थित गुरुयोजना भएको शहरका रुपमा चिनिए तापनि पछिल्लो समयमा बढ्दो शहरीकरण तथा बसाई सरी आउनेको चाप साविकको लाटीकोइली, उत्तरगंगा गा.वि.स.मा पर्दै गएकोमा त्यसलाई व्यवस्थित गर्न नसक्दा आज वीरेन्द्रनगरलाई व्यवस्थित शहरको रुपमा विकास गर्न चुनौतीको विषय बनेको छ । तर वीरेन्द्रनगर आज कर्णाली प्रदेशको गेटवय बन्दै गर्दा तथा राज्यको पुनर्संरचनासगै वीरेन्द्रनगरले कर्णाली प्रदेशकै शैक्षिक, प्रशासनिक, व्यापारिक केन्द्रका रुपमा रह“दै पर्यटकीय उजागर गर्ने थलोको रुपमा विकास हुने प्रशस्त सम्भावना बोकेको छ ।

Pages