FAQs Complain Problems

वडा नं. १२

कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको यस वीरेन्द्रनगर नगरपालिका वि.सं. २०३३ सालमा सुर्खेत उपत्यका भित्र पर्ने जर्वुटा गाँउ पञ्चायतको केही भागलाई समेटेर वीरेन्द्रनगर ११ र १२ वडा बनाईएको थियो । हाल देश संघिय संरचनामा गईसकेपछि साविक वडा नं. ११ र १२ लाई मिसाएर वडा नं. १२ कायम गरिएको छ । यस वडाको दक्षिणतर्फ रत्नराजमार्ग उत्तरतर्फ जवुर्टा तथा सिद्धपाईलाको डाँडा, पुर्व नेवारे खोला, पश्चिम ईत्राम खोला पर्दछ । यस वडामा जर्वुटा पञ्चायतबाट तल झरि बसोवास गरेका मगर समुदायको बाहुल्यता रहेको र हाल अन्यत्रबाट बसाई सरि आएर बस्ने बाहुन, क्षेत्री लगायत अन्य समुदायको पनि त्यत्तिकै बसोवास रहेको छ । यस वडाका वासिन्दाहरु धेरै जसो सरकारी रोजगारीमा संलग्न छन् । विशेष गरि निजामति सेवामा प्रवेश गरेर यस वडालाई सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुको नमूना गाउँ बनाउन प्रयत्न गरेको पाइन्छ । साविक वडा नं. १२ मा सबैजसो घरमा निजामति सेवामा संलग्न रहेका व्यक्तिहरु छन् । यहाँका बासिन्दाहरु सरकारी सेवामा रहेर पनि धेरै जसो घरमा कृषि कार्य गर्ने र पशु चौपाया पाल्ने चलन केही समय अघि सम्म रहेको तर हाल पशु चौपाया तथा कृषि काम गर्न विस्तारै कमि हुदै गएको छ । यस वडाको पर्यटकिय स्थलको रुपमा वडाको उत्तर तर्फको जर्वुटा डाँडा रहेको छ । यस स्थानबाट सुर्खेत उपत्यका सम्पूर्ण रुपमा देख्न सकिन्छ र पर्यटन प्रवर्धन गरि यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरेमा यस वडा लगायत समग्र नगरको आर्थिक वृद्धिमा थप टेवा पुर्‍याउनेमा दुई मत छैन । यस वडाको क्षेत्रफाल ८.८० वर्ग कि.मी., घरधुरी संख्या १९२४, महिलाको संख्या ४३४३ र पुरुषकको संख्या ३८०० गरि जम्मा ८१४३ जनसंख्या रहेको छ । 

Nepali
Population: 
११३७५
Ward Contact Number: 
०८३-४१४२१४
Weight: 
0

वडा पदाधिकारी

चुडामणी चपाईँ
वडा अध्यक्ष
Email: