FAQs Complain Problems

सूचना केन्द्र र सूचना अधिकारी

 यस कार्यालयले मिति २०६६।०८।०८ गते देखि सूचना अधिकारीको व्यवस्था भई सूचनाको हक सम्बन्धिका कार्यहरु सम्पादन गर्दै आएको छ । यस नगरपालिकाले सूचना सम्प्रेषण गर्न  Website,  Audio Notice Board  र  Facebook Page  को समेत व्यवस्था गरेको छ ।

विशेषत यस सूचना केन्द्रमा शोधपत्र तयार गर्ने व्यक्तिहरुले नगरपालिकाको वडागत, जातिगत जनसंख्या आदि माग गर्ने गर्दछन् । यस सूचना केन्द्रमा निम्नानुसारको विवरण उपलब्ध छन् ।

  • नगर क्षेत्रमा भएका वन क्षेत्र सम्वन्धि विवरण
  • जनसंख्या वितरणको अवस्था 
  • वडा अनुसार घरधुरी तथा जनसंख्याको विवरण
  • उमेर  तथा लिङ्गका आधारमा जनसंख्याको विवरण
  • आर्थिक रुपले सक्रिय जनसंख्याको अवस्था
  • मातृभाषाको आधारमा जनसंख्याको विवरण
  • जातियताको आधारमा जनसंख्याको विवरण
  • अपांगताको  आधारमा जनसंख्या
  • अपाङता परिचयपत्र लिएका वालवालिकाको विवरण
  • छानाको प्रकारको आधारमा घरधुरी संख्या
  • स्वामित्वको आधारमा घरपरिवारको वसोवासको अवस्था
  • खानेपानीको श्रोतको आधारमा घरपरिवार सम्वन्धि विवरण
  • इन्धनको प्रयोगको आधारमा घरपरिवार विवरण
  • बत्ती प्रयोगको आधारमा घरपरिवार विवरण
  • उपलब्ध सेवा सुविधाको आधारमा घरपरिवार विवरण
  • शौचालय प्रयोगको आधारमा घरपरिवार विवरण
  • जेष्ठ नागरिक तथा एकल महिलाहरुको विवरण
  • वडा अनुसार सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको विवरण
  • शैक्षिक संस्थाहरुको विवरण
  • नगरपालिकाको वार्षिक कृषि उत्पादन सम्वन्धि विवरण
  • नगरभरीको जग्गाको किसिम अनुसारको विवरण (बिगाहा । रोपनी)
  • नगर प्रोफाईल
  • नगरपालिकाको वार्षिक कार्यक्रम पुस्तिका
  • सामाजिक सुरक्षाका विवरण
  • व्यक्तिगत घटना दर्ताका विवरण

सूचनाको हक २०६४ ले सार्वजनिक निकायमा रहेका व्यक्तिगत वा सार्वजनिक महत्वको सूचना माग्ने वा पाउने अधिकारको व्यवस्था गरेको हुंदा सूचनाको हकलाई मानिसको नैसर्गिक हकका रुपमा लिइएकाले नगरबासीहरुले सूचना माग गरी सूचनाको सही