FAQs Complain Problems

वीरेन्द्रनगर नगरपालिकाको सातौ नगरसभा सम्पन्न

वीरेन्द्रनगर नगरपालिकाको  सातौ नगर सभा असार ११ गते सम्पन्न भएको छ । सभावाट रु १,४२,९९,९१,८२३ को बजेट निति तथा कार्यक्रम  पारित गर्नुका साथै आर्थिक विधेक २०७७ र विनियोजन विधेयक २००७ समेत पारित गरेको छ । 

१.कूल बजेट १ अर्व ४२ करोड ९९ लाख ९१ हजार ८२३ रुपैयाँ, 
२.व्यय तर्फः  चालु खर्च रु. ९० करोड ४० लाख १४ हजार ४०० र पूँजीगत तर्फ ५१ करोड ६७ लाख ९८ हजार ४२३ र वित्तिय व्यवस्था तर्फ ८२ लाख ८० हजार । 
प्राथमिकताका नीति तथा क्षेत्रहरुः
३.कोरोना रोकथाम, नियन्त्रण तथा उपचारलाई विशेष प्राथमिकता, जम्मा रु ५ करोड विनियोजन, एउटा नगर अस्पताल स्थापना गरिने ,
४.महिला स्वरोजगार, युवा स्वरोजगारमा जोड र कृषितर्फ जोड । भारत लगायत विदेशबाट नगरमा भित्रिएका नगरबासीको सीप स्वदेशमै प्रयोग गर्ने ।
५.शहरी क्षेत्रमा कौषी खेतीमा जोड,
६. नगरक्षेत्रका उत्कृष्ट पत्रकारिता गर्ने महिला र पुरुष गरी २ जना संचारकर्मीलाई नगर विकास पत्रकारिता पदक तथा जनही रु ५० हजार नगद पुरस्कारबाट सम्मान,
७.छोरी छात्रवृत्ति कार्यक्रमः कानून विषयमा उच्च शिक्षा अध्ययन गर्न १६ जनालाई छात्रवृत्ति दिईने,
८.विद्यालय सुधार, वैकल्पिक तरिकाको शिक्षण, सम्बन्धित तहको शिक्षकबाट प्रधानाध्यापक नियुक्ति, कार्यसम्पादन करार,
९.फोहोरमैला व्यवस्थापनमा एकीकृत नीति तर्जुमा गरी नीजि क्षेत्रसँग सहकार्य गरिने,
१०.  नगरभित्रका सबै महिलाहरुको पाठेघरको स्क्रिनिङ गर्न अभियानको रुपमा लैजाने,
११. सबै गर्भवतीको निःशुल्क भिडियो एक्सरे, महिलालाई निःशुल्क सेनेटरी प्याड वितरण, मातृशिशु सुरक्षाका लागि आफ्नै एम्बुलेन्स संचालन निरन्तरता,
१२.विद्युतीय सुशासनमा जोड- एकीकृत सफ्टवेयर निर्माण, नगर क्षेत्रभरी आफ्नै अप्टिकल फाईबर र इन्ट्रानेट ,
१३.गुनासो सुनुवाईको लागि नगरमा टोलफ्री नम्बर स्थापना,
१४. सहकारीसँगको सहकार्यमा कम्तीमा एउटा सुपथ मुल्यको पसल संचालन,
१५. सुब्बाकुना घुस्रा बांगेसिमल जोड्ने सहायक राजमार्गको सम्भाव्यत अध्ययन र साझेदारीमा काम थालनी, खोला नाला नदि तथा बाटोको क्षेत्राधिकार कायम, 
१६.गुरुयोजना अन्तिम रुप दिईने, सहरी नापीको निरन्तरता,
१७. वडा नम्बर १५ र १६ मा विद्यूतीकरण निरन्तरता, मूल बजारको विद्युतीकरण अन्डरग्राउन्ड गर्न सहकार्य गरिने,
१८. सशर्त बाहेक नगरपालिकाबाट विनियोजित बजेट मध्येः 
आर्थिक विकासतर्फ रु ४३६१०००० (चार करोड छत्तीस लाख दश हजार), 
सामाजिक विकास तर्फ रु १२३०३१००० -बाह्र करोड तीस लाख एकतीस हजार),
पूर्वाधार विकास तर्फ रु १४२९४५९४९ -चौध करोड उनान्तीस लाख पैंतालिस हजार नौसय उनानपचास),
वातावरण तथा विकासतर्फ रु २३१७५००० (दुई करोड एकतीस लाख पचहत्तर हजार) र 
संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ रु ६१२८५००० (छ करोड बाह्र लाख पचासी हजार)