FAQs Complain Problems

वडा नं. ४

   साविक वीरेन्द्रनगरका वडा नं. ३ र ४ समावेश भई यो वडा ४ नं. वडा कायम भई यस वडाको क्षेत्रफल ७.१० वर्ग कि.मि. मा फैलिएको छ । वडाको उत्तरी भागमा जंगल क्षेत्र, दक्षिण तर्फ रत्न राजमार्ग, पूर्वतर्फ खोर्के खोला र पश्चिम तर्फ वडा नं. १ रहेको छ । यस वडामा २०६८ सालको जनगणना अनुसार ३८०८ जना महिला र ३६१३ पूरुष गरि  कूल ७४२१ जना जनसंख्या र घरधुरी १७३६ रहेको उल्लेख भएता पनि विभिन्न सूचनाका आधारमा वडा समितिले ८५०० भन्दा बढी जनसंख्या र १८५० घरधुरी रहेको अनुमान गरेको छ । यस वडामा २० वटा टोल विकास संस्था, १४ वटा शैक्षिक संस्था मध्ये सामुदायिक विद्यालय २, सस्थागत विद्यालय ७, गुठी १, ४ वटा बाल विकास, प्राविधिक  शिक्षालय १ र १ वटा पुस्तकालय रहेको छ भने ८ वटा आमा समूह रहेका छन् त्यस्तै ९ वटा ग्रिल उद्योग, २ वटा मिल, २२ होटल, ३०० वटा व्यवसायिक फर्म र सहकारी ७ वटा रहेका छन् । यसैगरी ७ वटा स्वास्थ्य संस्था, २ वटा सामुदायिक वन, १ वटा नर्सरी र ८ वटा धार्मिक संस्था रहेका छन् ।
 

Nepali
Population: 
७४२१
Ward Contact Number: 
०८३-५२३१२३
Weight: 
0

वडा पदाधिकारी

शेर बहादुर के.सी.
वडा अध्यक्ष
Email: